फेवातालमा एक पुरुष मृत फेला

Share:

पोखरा । पोखराको फेवातालमा एक पुरुष मृत फेला परेका छन् ।

सोमबार दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित बाराहीघाटमा पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ३०र३५ वर्षका पुरुषको शव फेला परेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उक्त पुरुषको हालसम्म नाम, थर वतन खुल्न सकेको छैन ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: