
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ५३ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार २४ घण्टामा पाँच लाखभन्दा धेरैमा कोरोना पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख ३९ हजार पुगेको छ ।
यस्तै विश्वमा १३ लाख ३१ हजार ७०० कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३०० संक्रमितको मृत्यु भएको हो ।
हालसम्म तीन करोड ८४ लाख ८३ हजारभन्दा धेरै संक्रमण मुक्त भएका छन् भने अहिले विश्वभर एक करोड ५५ लाख २४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाले सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १५ लाख ३८ हजार ५७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख १९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।
त्यहाँ कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ६५१ पुगेको छ ।
यो पनि पढ्नुहोस्ः
भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख ७३ हजार नाघ्यो
