आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । बुधबार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: