पोखराबाट मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

Share:

तनहुँ । तनहुँको मानहुँकोटमा बुधबार माइक्रो हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

पोखराबाट तनहुँको व्यास–५ स्थित मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस उकालोमा आफै ब्याक भएर सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उक्त हाइसमा १५ जना सवार रहेपनि गाडी ब्याक हुन थालेपछि अन्य केही गाडीबाट झरेको र झर्न नभ्याएका ९ जना मध्ये एकको मृत्यु भएको हो ।

घाइते २ जनाको अवस्था मध्यम रहेपनि अरुको अवस्था सामान्य रहेको छ । घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: