मानहुँकोटमा क्याम्पफायर गर्न गएका युवकको मृत्यु

Share:

तनहुँ । तनहुँको व्यास–५ मानहुँकोटमा एक जना युवकको मृत्यु भएको छ ।

जिल्लाको शुक्लागण्डकी–७ स्याउलीबजारका ३५ वर्षीय सागर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हिजो (मंगलबार) अन्य साथीहरुसँग क्यामफायर गर्ने गरी घुम्न गएका थापाको आज मृत्यु भएको हो ।

आज बुधबार बिहान अन्य साथीहरु घुम्न गएका थिए भने थापा सुत्न गएका थिए । सुत्न गएका थापा ११ बजे सम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: