
पोखरा । देशभरका अधिकांश क्षेत्रको मौसम बिहीबार (आज) सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेपनि हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएका कारण अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
अहिले बिहान देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
