कोरोना अपडेटः नेपालमा थप २१०३ जनामा संक्रमण, २८५८ संक्रमणमुक्त, १७ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८६४ महिला र १२३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यो कुल संक्रमितको ८६.३ प्रतिशत हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या १२७६ पुगेको छ ।

हाल देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा रहनेको संख्या ७६७ रहेका छन् ।

२४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण भएको छ भने हालसम्म १६ लाख ३३ हजार ५५९ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: