
पोखरा । देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा भने सामान्यता सफा रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार दिउँसो र राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
