गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो प्रदेशका ३ जिल्लाका ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनाय गण्डकीले जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा नवलपुरका ६ जना, गोरखाका ४ जना र लमजुङका १ जना रहेका छन् ।

नवलपुरको देवचुली वडा नं. १५ का ४३ वर्षीय पुरुष, गैंडाकोट वडा नं. ५ का ५० वर्षीय पुरुष, वडा नं. १२ का ६७ वर्षीय पुरुष, वडा नं. १३ का ४३ वर्षीय पुरुष, कावासोती वडा नं. ३ का २९ वर्षीय पुरुष, वडा नं. ९ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गोरखाको गोरखा नगरपालिका वडा नं. २ का २८ वर्षीय पुरुष, वडा नं. ११ का ३९ वर्षीय पुरुष, वडा नं. १३ का २३ वर्षीय पुरुष एवं लमजुङको बेशीसहर वडा नं. १ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७३६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: