विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७९ लाख नाघ्यो, ४ करोड १ लाख संक्रमणमुक्त

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ७९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ५९ हजार ८६३ संक्रमित थपिएसँगै विश्वमा संक्रमित संख्या ५ करोड ७९ लाख २ हजार ८४१ पुगेको छ ।

संक्रमित मध्ये विश्वभर ४ करोड १ लाख ३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म विश्वमा १३ लाख ७७ हजार ५४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ८९ संक्रमितको मृत्यु भएको हो ।

यसैबीच सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म संक्रमित संख्या १ करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ । त्यहाँ २ लाख ६० हजार २८३ संक्रमितको मृत्यु भएको छ भने ७३ लाख १६ हजार ३२३ जना संक्रमण मुक्त भएका छन् ।

दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार ६१३ पुगेको छ । त्यहाँ १ लाख ३२ हजार ७६४ जनाको मृत्यु भएको छ भने ८४ लाख ७५ हजार ८९७ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: