
पोखरा । पोखरामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ४ वटा वडाका ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं. ३ की ४२ वर्षीया महिला, वडा नं.४ का २५ र २७ वर्षीय पुरुष वडा नं. १० का ४८ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, वडा नं.११ का ३१ र ६० वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
