धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाईते

223
0
Share:

दिङ । धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गजुरी गाउँपालिका ५ गलौदि स्थित पृथ्वी लोकमार्गमा कार र टिपर एक आपसमा ठोकिँदा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारका २४ वर्षिय दिपेश केसीको मृत्यु भएको हो ।

मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको ट्रिफर आईतबार बिहान ६ः२५ बजे एकआपसमा ठोकिएर दुर्घटना हुँदा सल्यानटारका दिपेशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि अन्य ३ जना घाईते भएका छन् । घाईते मध्ये दाङ जिल्ला शान्तिनगर नपा ९ बस्ने ३८ वर्षिय वर्षा केसी र कलङ्की बस्ने सुधिर सुवेदी गम्भीर घाईते छन् भने अर्का १ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। घाईतेको गजुरी सामुदायिक हस्पिटलमा सामान्य उपचार पछि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: