
काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउने कार्यतालिका छ ।
कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा पाण्डे नियुक्त भएका हुन् ।
स्याङ्जाका पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।
कमेन्ट गर्नुहोस्
