गुल्मी जिप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो

Share:

गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर–४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेहरु इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव बहादुर दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, गुल्मी अस्पतालमा उपचाररत सोही ठाउँ निवासी १९ वर्षीय पर्शुराम थापा र मालिका गाउँपालिका–५ का ८० वर्षीय थापा रहेका छन् ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए ।

कमेन्ट गर्नुहोस्
Share: