
पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार दिउँसो प्रदेशका २ वटा जिल्लाका ७ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा नवलपुरका ६ जना, लमजुङका १ जना रहेका छन् ।
नवलपुरको गैंडाकोट वडा नं. २ की ५८ वर्षीया महिला, वडा नं.८ की ३५ वर्षीया महिला, वडा नं. १३ की ६५ वर्षीया महिला, कावासोती वडा नं.२ का ५५ वर्षीय पुरुष, वडा नं.८ का ३२ वर्षीय पुरुष, बिनयत्रिवेणी वडा नं.४ का ४० वर्षीय पुरुष तथा लमजुङको बेशीसहर वडा नं.२० का २४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६५७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
