विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख नाघ्यो, ४ करोड २७ लाख संक्रमणमुक्त

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ करोड १९ लाख नघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कूल संक्रमितको संख्या ६ करोड १९ लाख ८८ हजार ५४ पुगेको छ ।

संक्रमित मध्ये ४ करोड २७ लाख ८८ हजार ६४८ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख ४९ हजार ११४ पुगेको को छ भने हाल विश्वमा १ लाख ५ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाले विश्वमै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या १ करोड ३४ लाख ५४ हजार २५४ रहेको छ ।

त्यहाँ २ लाख ७१ हजार २६ संक्रमितको मृत्यु भईसकेको छ भने ७९ लाख ४५ हजार ५८२ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरी दोस्रो प्रभावित मुलुक भारतमा संक्रमित संख्या ९३ लाख ५१ हजार २२४ पुगेको छ ।

भारतमा १ लाख ३६ हजार २३८ संक्रमितको मृत्यु भएको छ भने ८७ लाख ५९ हजार ९६९ जना संक्रमण मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: