पोखरामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ की ७८ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा सोमबार दिउँसो ०१ः३० बजे मृत्यु भएको हो ।

ती महिलामा आइतबार (हिजो) मात्रै कोरोना पुष्टि भएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १५९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: