
लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले राजनीति बनाउनका लागि हो भत्काउनका लागी नभएको बताएका छन् ।
नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत सातौं श्रृङखलाको सनिवार पोखरा–२७ को तालचोकमा भएको कार्यक्रममा जिसीले यस्तो बताएका हुन् ।
प्रजातान्त्रिक प्रक्रियामा चुनावका समयमा मात्र राजनीति हुनु पर्नेमा हाम्रो समाजमा जुन सुकै समयमा पनि राजनीति हुने गरेकाले विकास निर्माणका अभियान राम्रोसँग संचालन हुन नसकेको प्रशंग उठाउँदै जिसीले अबका दिनमा राजनिती भन्दा माथी उठेर आगाडी बढ्न आग्रह गरेका हुन् ।
सोही अवसरमा जिसीले नागरीक परोपकार समन्वय सस्थाले शवबाहान खरिदका लागि जुन योजना बनाएको छ यसमा माहानगरपालिकाले अभिभावको भुमिका निभाउने प्रतिवद्धता जाहेर गर्दै बैक तथा सहकारीहरुले छुट्एको सामाजिक सुरक्षा कोषको रकमलाई यस पुन्य काममा खर्च गर्न अनुरोध गरेका थिए ।
सोही कार्यक्रममा वडा नं २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले सामाजिक संघ संस्थामा देखिएको राजनीतिकरणले विकास निर्माणको क्षेत्रमा ठुलो असर पारेकाले आगामी दिनमा राजनीति भन्दा माथी उठेर अगाडी बढ्न सबैलाई अनुरोध गरेका थिए ।
शनिबार तालचोकमा राखिएको सातौं श्रृखला अन्तरगतको कार्यक्रमबाट तीन लाख ७२ हजार सात सय ३७ रुपैंया संकलन भएको र अहिले सम्म करिब १८ लाख बरावरको आर्थीक सहयोग संकलन भईसकेको आर्थिक संयोजक उपेन्द्रराज सुबेदी (राजु)ले जानकारी दिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्र्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, संस्थाका सल्लाहकार ध्रुवनाथ अधिकारी लगाएतले विपतमा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिब रामराज अधिकारिले र धन्यवाद ज्ञापन वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले गरेका थिए ।
