
काठमाडौँ । नेपालमा थप १०९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४०८ महिला र ६८८ पुरुष गरी १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा काठमाडौँमा मात्रै ३५१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, कास्कीमा ८७ जना, ललितपुरमा ७४ जना, भक्तपुरमा ५९ जना, मोरङमा ५६ जना, झापामा ३८ जना, रुपन्देहीमा ३५ जना, अछाममा ३४ जना, बाँकेमा २९ जना, दाङमा २५ जना, चितवनमा २३ जना, बर्दियामा २१ जना, सुनसरीमा २० जना, सिन्धुली र नवलपरासी पूर्वमा १९/१९ जना, काभ्रेमा १४ जना, तनहुँ र पाल्पामा १३/१३ जना, गोरखामा १२ जना, इलाम र बाग्लुङमा ११/११ जना तथा बाग्लुङ र लमजुङमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
धनुषा, सिन्धुपाल्चोक र स्याङ्जामा ७/७ जना, धादिङ र बैतडीमा ६/६ जना, सप्तरी, सिराहा, म्याग्दी र कैलालीमा ५/५ जना, मकवानपुर र गुल्मीमा ४/४ जना, सर्लाही, महोत्तरी, धनकुटा, रामेछाप, रोल्पा र डोटीमा ३/३ जना, ताप्लेजुङ, सोलुखुम्बु, पर्सा, भोजपुर, रौतहट, बारा, नुवाकोट, मुस्ताङ, अर्घाखाँची, रुकुम पूर्व, नवलपरासी पश्चिममा २/२ जना तथा तेह्रथुम, उदयपुर, रसुवा, ओखलढुंगा, पर्वत, कपिलवस्तु, रुकुम पश्चिम, सल्यान, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
गत २४ घण्टामा १७५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।
नेपालमा हालसम्म १ हजार ५९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै १७ जना संक्रमितको मृत्यु भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।
गत २४ घण्टामा ६४९५ नमुना परिक्षण भएको र हालसम्म १७ लाख ८४ हजार ५१९ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
