
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज घोषणा हुँदैछ ।
विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए।
स्रोतका अनुसार सगरमाथाको उचाइमा केही वृद्धि भएको छ ।
हालसम्म सगरमाथाको उचाइ ८ हजार ८४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
