
पोखरा । कास्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको मादी गाँउपालिका–२ ल्याप्रयाङ स्थित खोलामा रुपन्देही देवदह नगरपालिका– ५ घर भइ मादी–२ ताङतिङमा मजदुर काम गर्ने २९ वर्षीय बल्लु परियार मृत फेला परेको प्रहरीले जनाएको छ ।
परियारको शव बुधबार बिहान अन्दाजी १० बजे खोलामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
