
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख नाघेको छ ।
गत २४ घण्टामा मात्रै ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ ।
संक्रमित मध्ये विश्वमा हालसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएको वल्डोमिटर्सले जनाएको छ ।
यस्तै, गत २४ घण्टामा विश्वभर १२ हजार १४२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ ।
हाल विश्वमा १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या १ करोड ५८ लाख १४ हजार ८७२ पुगेको छ । त्यहाँ २ लाख ९६ हजार ६२० संक्रमितको मृत्यु भइसकेको छ ।
