पोखराका ६० सहित गण्डकीमा थप ९६ जनामा कोरोना पुष्टि, संक्रमित १३ हजार नाघे

Share:

पोखरा । पोखराका ६० सहित गण्डकी प्रदेशमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार दिउँसो प्रदेशका ७ वटा जिल्लाका ९६ जनामा कोरोना संक्रमण भएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ६० जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन्।

यस्तै, लमजुङका १८ जना, बाग्लुङका ७ जना, गोरखाका ६ जना, तनहुँका ३ जना तथा स्याङ्जा र नवलपुरका एक/एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ५४, २३, २८ र ३० वर्षीय पुरुष तथा ४५ र ५१ वर्षीया महिला, वडा नं.२ का ७६, २१, २३, ५२ र २४ वर्षीया महिला, वडा नं. ५ का २९, ४७ र १८ वर्षीय पुरुष तथा ८०, १४ र ४३ वर्षीया महिला, वडा नं.६ का ७० वर्षीय पुरुष तथा ७० र ६५ वर्षीया महिला, वडा नं.७ का ३८ वर्षीय पुरुष तथा २८, ६२, ३० र ५२ वर्षीया महिला, वडा नं.८ की ५७ वर्षीया महिला, वडा नं.९ का २० वर्षीय पुरुष, वडा नं.१० का ४८ र ४५ वर्षीय पुरुष तथा ६७ र ८६ वर्षीया महिला, वडा नं.११ का ५८ वर्षीय पुरुष, वडा नं.१२ का ५३ वर्षीय पुरुष, वडा नं.१३ का ५१ वर्षीय पुरुष, वडा नं.१४ का ६०, २५, ७० र ३६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.१५ का २८ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.१६ का २२ र २९ वर्षीय पुरुष तथा ३७ र २० वर्षीया महिला, वडा नं.१७ का ५८ वर्षीय पुरुष तथा ३६, ५८, ४० र ४२ वर्षीया महिला, वडा नं.१८ की ४१ वर्षीया महिला, वडा नं.१९ की ५४ वर्षीया महिला, वडा नं.२५ का ३४, ३२ र ४७ वर्षीय पुरुष, वडा नं.३२ का १९ वर्षीय पुरुष तथा ३५ र ४२ वर्षीया महिला, वडा नं.३३ का २६ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै, लमजुङको सुन्दरबजार वडा नं.३ का ४८ वर्षीय पुरुष, वडा नखुलेका ३१, ३७, १६ र ३९ वर्षीय पुरुष तथा ५५, ४५, ३२–३२, ३६, १२ र ७२ वर्षीया महिला, बेसीसहर वडा नं.२ का २५ र ६३ वर्षीय पुरुष तथा ३३, २५ र ६३ वर्षीया महिला, वडा नं.९ की ५५ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुष, वडा नखुलेका १९, २३ र ६७ वर्षीय पुरुष तथा ३०–३० र ३३ वर्षीया महिला, गोरखाको पालुङटार वडा नं.४ का ४० वर्षीय पुरुष, वडा नं.५ का ६७ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, सिरानचोक वडा नं.७ का १३ र ५९ वर्षीय पुरुष, गोरखा नगपालिका वडा नं.८ की ५८ वर्षीया महिला, तनहुँको म्याग्दे वडा नं.२ का ६० वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.११ का ७० र ३२ वर्षीय पुरुष, स्याङ्जाको गल्याङ वडा नं.३ का ६३ वर्षीय पुरुष एवं नवलपुरको बौदिकाली वडा नं.२ की ५३ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमितको संख्या १३ हजार ७२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: