
पोखरा । भ्रष्टाचार विरुद्ध नागरिक सचेतना तथा जागरणका लागि ‘ जागौं नेपाल राष्ट्रिय अभियान–२०७७ ’ घोषणा भएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिबसको अबसरमा भ्रष्टाचार विरुद्ध “राष्ट्र , राष्ट्रियता र सुशासन, भ्रष्टाचार न्यूनीकरण हाम्रो अभियान“ मुख्य नारा दिइएको उक्त अभियान बुधबार बिहान ११ बजे पोखराको सहिद लखन थापा चोकमा एक भब्य कार्यक्रमका बीच ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका पुर्ब उपाध्यक्ष आनन्द राज मुल्मीले घोषणा गरेका हुन् ।
घोषण कार्यक्रममा बोल्दै मुल्मीले मान्छेहरुमा मानवता, नैतकिता र लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउन सकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिने बताए । उनले भ्रष्ट्राचार संग लड्न सजिलो नभएको भन्दै सामाजिक न्यायको लडाँइमा अझै जिम्मेवार भएर अगाडी बड्न आग्रह गरे ।
जागौँ नेपालको यो अभियानले हरेक ठाउँमा रहेको अनियमितता, विकृति र विसंगतीको अन्त्य गर्दै देशको मुहार फेर्ने विश्वास व्यक्त गदै मुल्मीले भने सरकारी रकममा मोज मस्ती गर्ने अखडा भएकाले त्यसको विरुद्ध जागौं नेपाल समर्पण होस् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जागौं नेपाल को अभियानलाई भ्रष्ट्राचार विरुद्धको महाअभियान र सुचना समाजको नयाँ संस्करण भएको बताए । उनले भ्रष्ट्राचार र कुसाशनको विरुद्ध, सुशासनलाई अगाडि लाने घोतकको रुपमा आएको अभियानले देश बनाउन चुप संस्कृतिको अन्त्य गदै खबरदारी गर्नुपर्छ भन्ने मान्यतालाई अक्षरक्षर व्यवहारमा अनुवाद गर्नुपर्ने बताए ।
श्रेष्ठले जागौं नेपाल एक थान अभियान नभई सुतेकाहरुलाई ब्यूझ्याउने, ब्यूझेकाहरुलाई उठाउने, उठेकाहरुलाई हिँडाउने, हिँडेकाहरुलाई डौडाउने र दौडेकाहरुलाई उडाउने अभियान भएको दावी गरे ।
जागौं नेपालका संयोजक दीपक आचार्यले सामाजिक अभियन्ताहरु मिलेर नेपालबाट समुदाय बेसको सूचना समाजको प्रक्रिया स्वरुप यो अभियान सुरुवात गरिएको बताए । उनले भने सामाजिक अभियन्ताहरु मिलेर सूचना समाज निर्माणको प्रकृया मा छौ । नेपालबाट समुदाय बेसको सूचना समाजको नयाँ मार्ग निर्देशन, नयाँ बिचार र नयाँ सामाजिक संगठनको ठोस र बास्तविकता विश्व सामु पस्किने महाअभियानमा छौँ ।
अब संसारलाई बदल्ने सामुदायिक सुचना समाज हुनुपर्छ भनेर नेपालबाट एउटा अभियान जागौ नेपाल संगसंगै सुरु भैसकेको बताउदै आचार्यले यसको पहल कदमी नेता र सांसदले नभइ सामाजिक अभियन्ताले गर्ने उद्घोष गरे ।
जागौं नेपाल भेला आयोजक समिति घोषणा
देशैभरी भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी र जागरण बढाउने र भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढउन पोखराका दीपक आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय जागौँ नेपाल भेला आयोजक समिति घोषणा गरिएको सुचना अधिकारी ज्ञानु आचार्यले जानकारी दिईन् ।
जागौं नेपाल भेला आयोजक समितीको केन्द्रिय सह-संयोजक र सदस्य सचिवमा क्रमश शिवराज बस्ताकोटी (पोखरा) र ज्ञानु आचार्य (चितवन) लाई तोकेको छ । आगामी पौष २७ गते प्रादेशिक भेला आयोजक समिती सम्पन्न गर्ने गरी सातै प्रदेशमा समिती गठन गरिएको छ । जस्मा एक नम्बर प्रदेशमा इटहरीकी यमुना गुरागाईलाई संयोजक जिम्मेवारी दिएको छ । भने सह-संयोजकमा धरानका विष्णु प्रसाद चौलागाई र झापाका कृण्ण कट्टेललाई सदस्य सचिवको जिम्मेबारी दिईएको छ । त्यस्तै गरी जागौं नेपालको २ नं प्रदेशमा नवीन कुमार सिंह (रौतहट) गुन्जा राय –जनकपुर) र सप्तरीका कैलाश माझीलाई क्रमश सह-संयोजक, संयोजक र सदस्य सचिवको जिम्मेबारी पाएका छन् । बागमती प्रदेशको संयोजकमा ईश्वर चापागाई, सह-संयोजकमा जुजुकाजी महर्जन र सदस्य सचिवमा लक्ष्मि शिग्देलले जिम्मेबारी लिए ।
निर्भक नारायण भुर्तेलले गण्डकी प्रदेशको संयोजकको जिम्मेबारी पाए भने सह-संयोजक र सदस्य सचिवको भुमिका दुर्गा आचार्य र नवराज पौडेलले निभाउने छन् ।
लुम्बिनी प्रदेश समितिमा दीपक शर्मा समिर, विपिन पौडेल र निर्मला गैह्रेले जिम्मेवारी पाए भने मेघा कुमारी रेउले (सल्यान) ले कर्णाली प्रदेशको संयोजकको जिम्मेबारी पाए । कृण्ण भाम र जीवन धिताल सह-संयोजक र सदस्य सचिव भए भने जागौं नेपालको सुदुरपश्चिम प्रदेश समितीको शालिग्राम उपाध्याय रोशन, कमला धामी, र दीपक बरालले क्रमश. संयोजक, सह-संयोजक र सदस्य सचिवको जिम्मेवारी पाएको केन्द्रिय सुचना अधिकारी ज्ञानु आचार्यले जानकारी दिइन् ।
घोषणा कार्यक्रममा प्रवास विषेश समिती र जागौं नेपाल मिडिया नेटवर्क पनि घोषणा गरिएको छ । उपत्यका बिशेष प्रदेश समिती संयोजक रमेश बिक्रम हमाल, इलिसा चन्द सह-संयोजक र सविन पोखरेल सदस्य सचिब भए ।
भ्रष्टाचार साझा सामाजिक समस्या भएको भन्दै यसले आर्थिक, राजनैतीक अनि बैचारीक पृष्ठभूमीलाई नकारात्मक असर पार्ने अभियानको दावी छ । मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले देशको आर्थिक उन्नतीलाई धरासायी बनाएको र शासन व्यवस्थालाई कमजोर तुल्याएको ठहर गदै भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने मिडियाको भुमिका जवरजस्त हुने भन्दै जागौं नेपालको आफ्नै मिडिया नेटर्वक गठन गरिएको छ ।
जागौँ नेपाल मिडिया नेटवर्कको केन्द्रिय संयोजकको जिम्मेवारी सारङ्गी न्युज डटकमका संचालक सम्पादक तथा सामाजिक अभियान्ता प्रकाश अधिकारीले निभाउने भएका छन् । नेटवर्कको प्रबक्ताको रुपमा कान्तिपुर दैनिककी प्रतिक्षा काफ्ले र सूचना अधिकारीको रुपमा रेडियो म्याग्दीकी पबित्रा खत्रीलाई चयन गरेको छ । त्यस्तै अर्जुन पाैडेलको संयोजकत्वमा ७ सदस्यीय जागौं नेपाल लिपिबद्द केन्द्रीय समिति घोषणा गरिएको छ । अन्जु सुवेदी, महेन्द्र प्रसाद ढकाल, रञ्जु जि. सि. र रमेश विसुन्खे सदस्यमा चयन भए ।
त्यस्तै गरि विश्वभर छरिएर रहेको युवाहरुलाई एकिकृत गरि उत्पादनमुलक कार्यक्रममा जोड्दै सामाजिक कार्यमा अग्रसर गराउने गरि जागौं नेपालको प्रवास विशेष समिति पनि घोषणा गरिएको छ । जसको नेतृत्व सन्तोष तिमिल्सना ( हाल कतार) लिने भएका छन् । सह-सयोजकमा द्धय सुदिप गिरी (युएई) र भोजराज न्यौपाने (मलेशिया) र साइप्रसमा कार्यरत सरस्वती खनालले सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।
भ्रष्टाचार बिरूद्ध हामी सबै अघि बढौं, घूसखोरी र भ्रष्टाचारलाई जरैदेखि उखेल्न हातेमालो गरौं ।
