
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ करोड नाघेको छ । गत २४ घण्टामा ६ लाख ६१ हजार ८०६ संक्रमित थपिएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ६ लाख ८३ हजार पुगेको हो ।
कुल संक्रमित मध्ये हालसम्म विश्वमा ४ करोड ९१ लाख ३० हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ८७ हजार ४८६ पुगेको छ ।
हाल विश्वमा १ करोड ९९ लाख ६५ हजार ८५० सक्रिय संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख ३९ हजार ३९३ पुगेको छ ।
अमेरिकामा अहिलेसम्म ९३ लाख ३० हजार ८६५ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९९ हजार ६९२ पुगेको छ ।
