कति छ आज सुनचाँदीको मूल्य?

Share:

पोखरा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: