
पोखरा । पोखराको बगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार बिहान पोखरा–१ बगर स्थित माछापुछ्रे बैंक नजिक अन्दाजी ६० वर्षको मगर बुढा भनी चिनिने काहुँ खोला घर बताउने हालसम्म वास्तविक नाम, थर, वतन नखुलेका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
मागी खाई हिड्ने ती पुरुषलाई मुखबाट रगत बगीरहेको अचेत अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भए लगतै उक्त स्थानमा प्रहरी टोली खटिई ती पुरुषलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाईएकोमा चिकित्सकले चेकजाच गर्ने क्रममा बिहान.०८ः४५ बजे मृत घोषणा गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
