यस्तो छ आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका धेरै स्थानको मौसम आइतबार (आज) आंशिक बदली हुनेछ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

अहिले बिहान प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुनेछ ।

यस्तै, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ।

प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको हो।

कमेन्ट गर्नुहोस्
Share: