पोखराका ३९ सहित गण्डकीमा थप ४६ जनामा कोरोना संक्रमण

Share:

पोखरा । पोखराका ३९ सहित गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३९ जना, तनहुँका ५ जना, लमजुङ र बाग्लुङका १/१ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ५३ र ७० वर्षीय पुरुष, वडा नं.४ का ४१ र ५० वर्षीय पुरुष, वडा नं. ५ का १३ वर्षीया बालिका, वडा नं. ७ का ४५, ५९ र ७२ वर्षीय पुरुष तथा ४३, १७, ५२ र ६८ वर्षीया महिला, वडा नं.८ का ३० र ५१ वर्षीया महिला, वडा नं.९ का ३ महिनाका बालक, वडा नं.१० का १६, २४, ३९, २९, ३८ र २३ वर्षीय पुरुष, वडा नं.११ का ३८ वर्षीय पुरुष तथा ८३ वर्षीया महिला, वडा नं.१२ का ८४ वर्षीय पुरुष, वडा नं.१४ का ३१ र ५१ वर्षीय पुरुष तथा १९ वर्षीया महिला, वडा नं.१७ का ५२ र ३१ वर्षीय पुरुष, वडा नं.१९ का ४४ वर्षीय पुरुष, वडा नं.२५ का ५९, ३०, ३३, ३९–३९, ३४ र ४२ वर्षीय पुरुष, वडा नं.२९ का ३० वर्षीय पुरुष कोरोना पुष्टि भएको छ ।

तनहुँको व्यास वडा नं. २ का ६४ वर्षीय पुरुष, वडा नं. ४ का २३ वर्षीय पुरुष तथा ६४ वर्षीया महिला, म्याग्दे वडा नं. २ का ५७ वर्षीया महिला, वडा नं.७ का ५१ वर्षीय पुरुष, लमजुङको मध्यनेपाल वडा नं.१० का ६४ वर्षीय पुरुष एवं बाग्लुङको बाग्लुङ वडा नं. ३ का ६१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५२२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: