
पोखरा । कास्कीको पोखरा–८ न्यूरोडबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
तनहुँ व्यास नगरपालिका–८ घरभई पोखरा–८ न्यूरोड बस्ने ३० वर्षीय अशोक वाचे मगरलाई लागूऔषधसहित सोमबार दिउँसो ४ बजे कास्की प्रहरी र लागूऔषध नियन्त्रण व्यूरो कास्कीको टोलीले पक्राउ गरेको हो ।
पोखरा न्यूरोड स्थित मगरको घरकोठाबाट लागूऔषध डाइजापाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका मगरलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
कमेन्ट गर्नुहोस्
