कास्कीमा थप एक कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ६८ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ४ः१५ बजे उपचारकै क्रममा मृत्यु हो ।

ती पुरुषमा मंसिर २९ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: