कालीगण्डकी नदीमा महिलाको शव फेला

Share:

पोखरा । कालीगण्डकी नदीमा एक महिलाको शव फेला परेको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ जैमिनीघाट स्थित कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदिको बीच बगरमा ढुङ्गामा घोप्टो परेर अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

सो बारे जानाकारी प्राप्त हुनासाथ घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: