यस्तो रहन्छ आज देशभरको मौसम!

Share:

पोखरा । देशका अधिकांश स्थानमा बुधबार आँशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले बिहान गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: