बेलायतबाट आएका सबै १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

Share:

काठमाडौँ । बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

बेलायतमा हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालयले पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

साथै नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गई आरटी पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । यसरी आउने व्यक्तिहरुको निःशुल्क परिक्षणको गरिने पनि जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: