शुक्रबार गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, ५८ संक्रमणमुक्त

Share:

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र तनहुँ गरी २ वटा जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका १२ जना र तनहुँका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ५ का ५७ वर्षीय पुरुष, वडा नं.७ का ५२ वर्षीय पुरुष, वडा नं.९ का २८ वर्षीय पुरुष, वडा नं.१२ की ४१ वर्षीया महिला, वडा नं.१५ की ३५ वर्षीया महिला, वडा नं.१७ का ४७ वर्षीय पुरुष, वडा नं.१९ की ३५ वर्षीया महिला, वडा नं.२५ का ३३, ३१ र ५२ वर्षीया महिला, वडा नं.२६ की २७ वर्षीया महिला र वडा नं.२७ का ५१ वर्षीय पुरुष एवं तनहुँको बन्दीपुर वडा नं.१ की १८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ३१४ पुगेको छ ।

हाल प्रदेशमा १७५० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशभरका प्रयोगशालामा गत २४ घण्टामा ३०४ परिक्षण भएको छ भने हालसम्म १ लाख १९ हजार ३९ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: