
पोखरा । पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
पोखरा वडा नं २९ को पटनेरी र वडा नं ३३ को बागमारा जोड्ने पटनेरी स्थित सेती नदीको पुलबाट शुक्रबार दिउँसो १२ः५५ बजे खसेर ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।
हालसम्म परिचय नखुलेकी ती महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
