
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३ महिला र २८७ पुरुष गरी ५०० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ ।
उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना निको भएका छन् । गत २४ घण्टामा थप ८४० जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।
हाल देशभर ६७४९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३३४९ होम आइसोलेसनमा छन् । २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले क्वारेन्टीनमा ३६९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ४३४ परिक्षण भएको छ भने हालसम्म १९ लाख ५ हजार ८२६ परिक्षण भएको छ ।
