सुनचाँदीको मूल्य कति छ आज?

Share:

पोखरा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: