पोखराका ५० सहित गण्डकीमा फेरी ६८ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका ५० सहित गण्डकी प्रदेशमा फेरी ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आइतबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ५० जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, स्याङ्जाका १० जना, बाग्लुङका ४ जना, तनहुँका ३ जना र लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ की ४२ वर्षीया महिला, वडा नं.५ का ५० वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं. ६ का ५७ वर्षीय पुरुष तथा ५०, ३५, ७१ र ३३ वर्षीया महिला, वडा नं.८ का ५४, ८१, ७२, २७, ३२ र ३४ वर्षीय पुरुष तथा २२ र ३१ वर्षीया महिला, वडा नं.९ का ४९ र ६२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.१० का ३९ र ५२ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं. ११ का ३६, ४७ र ३७ वर्षीय पुरुष तथा २२, २६ र ४९ वर्षीया महिला, वडा नं.१४ का २० र ३२ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.१५ का १६, ४९ र ६३ वर्षीया महिला, वडा नं.१६ का ५ वर्षीय बालक सहित ७५ वर्षीय पुरुष, वडा नं.१७ का ३३ र ४२ वर्षीय पुरुष तथा १८, २३ र २४ वर्षीया महिला, वडा नं.१९ का २७ र ६४ वर्षीय पुरुष, वडा नं.२५ का ४३ वर्षीय पुरुष तथा ४५ र ५६ वर्षीया महिला, वडा नं.२६ का २९ र ३६ वर्षीया महिला, वडा नं. २९ का ४६ वर्षीया महिला र वडा नं.३३ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, स्याङ्जाको भिरकोट वडा नं. १ की ८९ वर्षीया महिला, बिरुवा वडा नं.१ का ५४ वर्षीय पुरुष, चापाकोट वडा नं.८ का ३४ वर्षीय पुरुष, वालिङ वडा नं.८ का ३०, २६, २२–२२ र २१ वर्षीय पुरुष तथा २१ र ६५ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.१ का ६४ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, वडा नं.४ की ४० वर्षीया महिला, वडा नं. ९ का ७० वर्षीय पुरुष, तनहुँको बन्दीपुर वडा नं. ६ का ६३ वर्षीय पुरुष, भिमाद वडा नं.६ का ६७ वर्षीय पुरुष तथा ६० वर्षीया महिला एवं लमजुङको मस्र्याङ्दी वडा नं. ९ की ४५ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३७७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: