कोरोनाः विश्वभर ८ करोड ११ लाखमा संक्रमण, ५ करोड ७२ लाख निको भए

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ११ लाख नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ४ लाख १० हजार १०२ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ११ लाख ३३ हजार ८१९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ७२ लाख ८२ हजार ९९७ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ३ लाख ८१ हजार ९०४ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ४१ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १७ लाख ७१ हजार ४६७ पुगेको छ ।

हाल विश्वभर २ करोड २० लाख ७९ हजार ३५५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ३८२ गम्भिर बिरामी छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १४ लाख ९५ हजार ८७५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ४१ हजार १३८ पुगेको छ ।

हाल अमेरिकामा ७७ लाख ३६ हजार ८३४ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ६७२ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: