
पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार दिउँसो कास्कीका १९ र बाग्लुङका १ जना गरी २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २ की ४० वर्षीया महिला, वडा नं. ५ की ६० वर्षीया महिला, वडा नं. ६ का ३ र १२ वर्षीय बालक सहित २४ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं. ८ का ३० वर्षीय पुरुष, वडा नं.१० का ३२, ५१ र ३८ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं. १४ का ७५ र ७६ वर्षीय पुरुष, वडा नं.१६ का ८ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं.१७ का ६० वर्षीय पुरुष, वडा नं.२५ का २६ वर्षीय पुरुष, वडा नं.३२ का ७७ वर्षीय पुरुष, रुपा गाउँपालिकाकी ४० वर्षीया महिला एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.७ का ७३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४४१ पुगेको छ ।
