नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३३८ पुरुष र १९६ महिला गरी ५३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।

हालसम्म २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४४७ जना संक्रमणमुक्त भएका हुन्।

हाल देशभर ६ हजार ३७८ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार परिक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: