
पोखरा । पोखरामा शुक्रबार बिहान ११ बजे दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक महिला गम्भीर घाइते भएकी छन् ।
पोखरा–१९ लामाचौर स्थित अकला मन्दिर नजिकै भुर्जुङखोलाबाट लामाचौरतर्फ आउँदै गरेको ग ३ प ६६८९ नं.को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको ग १० प ५६८० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ग १० प ५६८० न.को मोटरसाइकलमा सवार पोखरा–१९ पुरनचौर निवासी ४० वर्षीया लक्ष्मी भुजेल गम्भीर घाइते भएकी हुन् ।
घाइते लक्ष्मीको पोखराको मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनाको बारे थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
