
पोखरा । देशका धेरै स्थानको मौसम शनिबार आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ ।
शनिबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
सुदुर पश्चिम प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
