
तनहुँ । तनहुँको आबुखैरेनी–२ एक्लेफाँटमा टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।
आबुखैरेनी बाट डुम्रे तर्फ जादै गरेको ना.१ ख ६४०० नं को टिपर र विपरित दिशा बाट आउदै गरेको लु.१ ग. १६४ नं को नेपाली सेनाको ट्रक आपसमा ठक्कर खाँदा नेपाली सेना पश्चिम पृतना बिजयपुर पोखरामा कार्यरत हवल्दार ३७ वर्षीय सूर्यबहादुर खड्का घाइते भएका हुन् । स्याङ्जा पुतलीबजार नगरपालिका–१३ निवासी घाइते खड्काको हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
टिपर चालक र दुबै सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
