
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।
आइतबार पोखरा–३२ तल्लो गगनगौंडामा ग ९ प ८३४ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थान निवासी २४ वर्षीय कीर्तिमान गुरुङ गम्भीर घाइते भएका हुन् ।
घाइते गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
