सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो

Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो ।

सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने जनाइएको छ ।

प्रचण्डपत्नी सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

केही दिनअघि उनको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: