
काठमाडौँ । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना गर्न दरखास्त मागेको छ ।
सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो।
तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ।
नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।
दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जंगी अड्डाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्


