
पोखरा । कास्कीका १२ सहित गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका २६ जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १२ जना रहेका छन् । तीमध्ये माछापुच्छ्रे र मादी गाउँपालिकाका एकएक जना हुन् भने अन्य १० जना पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ८ जना, लमजुङका ३ जना, म्याग्दीका २ जना र गोरखाका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ की ७७ वर्षीया महिला, वडा नं.८ का १६ र ३० वर्षीय पुरुष तथा ३१ र ७३ वर्षीया महिला, वडा नं.१० का ५६ वर्षीय पुरुष, वडा नं. १२ का ३६, ४६ र ४८ वर्षीय पुरुष, वडा नं. १६ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ का ४२ र ४६ वर्षीय पुरुष, वडा नं.२ की ३३ वर्षीया महिला, वडा नं.१२ का २८ वर्षीय पुरुष, वडा नं.१४ का ३४ वर्षीय पुरुष, जैमिनी वडा नं.१ का २७ वर्षीय पुरुष, काठेखोला वडा नं.३ का ६१ वर्षीय पुरुष, ताराखोला वडा नं.१ की ५५ वर्षीया महिला, लमजुङको सुन्दरबजार वडा नं. ६ का २१–२१ वर्षीया महिला, राइनास वडा नं. ७ की २८ वर्षीया महिला, म्याग्दीको बेनी वडा नं. २ की ८१ वर्षीया महिला, वडा नं. ८ की ३२ वर्षीया महिला एवं गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ३ की २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८११ पुगेको छ ।
