
गोरखा। गोरखामा भीरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको छ ।
जिल्लाको शहिद लखन थापा गाउँपालिका–७ थापागाउँ निवासी ७२ वर्षीय रामबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको हो ।
प्रहरीका अनुसार थापागाउँ नजिकैको भीरबाट सोमबार राति खसेर बेपत्ता भएका थापाको शव मंगलबार बिहान मात्र भेटिएको थियो ।
उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
